Kathmandu Press

सातदोबाटोलाई हराउँदै जावलाखेल ए डिभिजन लिगको शीर्ष स्थानमा

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबलाई २–१ले हराउँदे जावलाखेल लिगको शीर्ष स्थानमा उक्लिएको हो।
सातदोबाटोलाई हराउँदै जावलाखेल ए डिभिजन लिगको शीर्ष स्थानमा

काठमाडाैं, चैत २१ : जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–१ले हराउँदे जावलाखेल लिगको शीर्ष स्थानमा उक्लिएको हो।

जितसँगै जावलाखेलले ६ खेलमा १३ अंकसहित शीर्ष स्थानमा छ भने सातदोबाटो १२ अंकसहित तेस्रो स्थानमा छ।

जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक गोल गरे भने सातदोबाटोका दीपकराजसिंह ठकुरीले गोल गरे।

बराबरीतर्फ उन्मूख पहिलो हाफको अन्त्यतिर जावलाखेलले अग्रता लियो । ४३औं मिनेटमा उसका फोफानाले पेनाल्टीमा टिमलाई अग्रता दिलाए।

५०औं मिनेटमा मोसाबीले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाए। ७५औं मिनेटमा सातदोबाटोका दीपकले एक गोल फर्काए टिमलाई हारबाट जोगाउन सकेनन्। लिगमा सातदोबाटोको यो दोस्रो हार हो।

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, चैत २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्