Kathmandu Press

एन्फा कस्कीका अध्यक्ष कुट्ने दीपक मनाङे विरूद्ध मुद्दा दर्ता 

काठमाडौं, माघ ८ : गण्डकी प्रदेशका सांसद राजीव गुरूङ उर्फ दीपक मनाङे विरुद्ध मुद्दा दर्ता भएको छ। 

मंगलबार पोखरामा सुरु भएको गण्डकी....

एन्फा कस्कीका अध्यक्ष कुट्ने दीपक मनाङे विरूद्ध मुद्दा दर्ता 

काठमाडौं, माघ ८ : गण्डकी प्रदेशका सांसद राजीव गुरूङ उर्फ दीपक मनाङे विरुद्ध मुद्दा दर्ता भएको छ। 

मंगलबार पोखरामा सुरु भएको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उद्घाटन हुनुपूर्व एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा मुद्धा दर्ता गरिएको हो । 

पीडित गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरितको कसुर हुँदा निजलाई ठाँडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय माग गर्दै निवेदन दिएका हुन्। 

मुद्धा दर्ता गर्नु अघि गुरुङले पत्रकार सम्मेलन गर्दै शान्ति सुरक्षा, सार्वजनिक स्थलमा हातपात गरेको, विभिन्न आरोपहरु लगाएर आफनो चरित्र हत्या गर्ने काम गरेको र आफनो जिउ धनको सुरक्षाको माग गदै मनाङे विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दत्र्ता गर्ने जानकारी दिएका थिए ।

प्रकाशित मिति: १७:१४ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्