सहायक वन अधिकृत र प्रहरी जवान घुससहित रंगेहात पक्राउ
काठमाडौं, माघ ८ : अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सहायक बन अधिकृत र प्रहरीजवानलाई सेवाग्राहीबाट पाँच÷पाँच हजार घुस लिँदै गरेको अवस्थामा पक....

काठमाडौं, माघ ८ : अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले सहायक बन अधिकृत र प्रहरीजवानलाई सेवाग्राहीबाट पाँच÷पाँच हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ।
अख्तियारको टोलेले रुपन्देहीस्थित सैनामैना सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ र सिरहास्थित इलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव घुस रकमसहित नियन्त्रणमा लिएको हो।
श्रेष्ठले घर बनाउनको लागि काठ उपलव्ध गराउन भेरिफिकेसन सिफारिस गरिदिए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोही सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच हजार लिँदालिँदै बुटवल उपमहानगरपालिका–१२ स्थित नयाँगाउँबाट नियन्त्रणमा लिएको थियो।
त्यस्तै, यादवले सेवाग्राहीसँग घरमा प्रयोग गरिने नुन, तेल र चिनी लगायतका सामानहरु नेपाल–भारत सीमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिने भन्दै घुस मागेका थिए । उनलाई अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट पाँच हजार घुस लिँदालिँदै सुखिपुर नगरपालिका–१० स्थित दहिपौडीचोकबाट नियन्त्रणमा लिएको थियो । घुससहित रंगेहात पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ।











