ए डिभिजन लिगमा एपिएफ र संकटाको जित
एपिएफले नेपाल पुलिस क्लबलाई २–०ले हराउँदा र संकटा क्लबले एफसी खुमलटारलाई १–०ले हरायो।
काठमाडाैं, चैत २० : आजबाट सुरु भएको ए डिभिजन लिगको छैठौं चरणमा विभागीय टिम एपिएफ क्लब र संकटा क्लब विजयी भएका छन्।
सोमबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदे लिगमा तेस्रो जित निकाल्यो।
एपिएफको जितमा एडमा डोम्बिया र सबिन गुरुङले गोल गरे। ५७औं मिनेटमा डोम्बियाले गोलमा एपिएफलाई सुरुआती अग्रता लियो। त्यसपछि खेलको इन्जुरी समयमा सबिनले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाउँदै जित दिलाए।
त्यस्तै सोमबार नै भएको अर्को खेलमा संकटा क्लब विजयी भयो । एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एफसी खुमलटारलाई १–० ले हरायो । संकटाको जितमा जुनियर ओन्गुएनेले खेलको २७ औं मिनेटमा निर्णायक गोल गरे।
जितसँगै एपिएफले ६ खेलमा १० अंक जोडेको छ भने पुलिसले १ अंक मात्र जोड्न सकेको छ। यस्तै, संकटाले ६ खेलमा ९ अंक जोडेको छ। खुमलटारले ६ अंक जोडेको छ।
प्रतियोगिताअन्तर्गत मंगलबार न्युरोड टीम र चर्च व्याइज तथा जावलाखेल र सातदोवाटोबीच प्रतिस्पर्धा हुनेछ।











