Kathmandu Press

बक्यौता नतिर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार

काठमाडौँ, माघ ८ : सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्रचार गरेको छ। 

बुधबार उद्योग वाणिज्य ....

बक्यौता नतिर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार

काठमाडौँ, माघ ८ : सरकारले उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का गर्न पत्रचार गरेको छ। 

बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन उखु मिलको कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्नै निर्णय गरेको हो। 
कारोबार रोक्का हुने उखु मिलहरुमा अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्स छन्। 
 
बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कारोबार रोक्न पत्राचार गरिसकेको जनाएको छ। उखु मिलहरु मन्त्रालयको  सम्पर्कमा नआएपछि कारोबार नै रोक्न पत्राचार गर्नुपरेको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले जानकारी दिए।

उनका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच गत पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो । तोकिएको समय भित्र मिल सञ्चालकहरु सम्पर्कमा नआएपछि कारोबार नै रोक्ना गर्ने निर्णय गरिएको हो। 

हालसम्म उखु किसानले १६ करोड १४ लाख रुपैयाँ मात्रै भुक्तानी पाएका छन्। मन्त्रालयको विवरण अनुसार किसानले आठ उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी छ।

अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हुन भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन्। मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयमा मन्त्रालय बेखबर छ।

प्रकाशित मिति: १६:५९ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्