Kathmandu Press

एआईजी डा.आशा सिंहलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, माघ ८ : प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकी डा.आशा सिंहलाई प्रहरी नायब महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले दर्ज....

एआईजी डा.आशा सिंहलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, माघ ८ : प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकी डा.आशा सिंहलाई प्रहरी नायब महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उनलाई साेमबार मन्त्रिपरिषदले एआईजीमा बढुवा गर्ने निर्णय गरेकाे थियाे। उनी नेपाल प्रहरीकाे एआईजी हुने दाेस्राे महिला हुन्। यस अघि डा. दुर्गा थापा एआईजी भएकी थिइन्।

बुधबार आईजिपी खनालले दर्ज्यानी चिह्न लगाउँदै बधाई दिए। उनले नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए।

सो अवसरमा आईजीपी खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।

समारोहमा बोल्दै एआईजी डा.सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न तल्लिन रहने बताइन्। उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न प्रयत्न गर्ने बताइन्।

याे पनि पढ्नुस् :आशाले रचेको इतिहास : पहिलाे मधेसी महिला एआईजी 

 

प्रकाशित मिति: १४:१८ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्