इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम र न्युकासल विजयी
जितसँगै १४ औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ । यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ ।
काठमाडौं, चैत २० : इङ्लिस प्रिमियर लिग फुटबलमा वेष्टह्याम र न्युकासल विजयी भएका छन् । गएराति भएको खेलमा वेष्ट ह्यामले साउथह्याम्टनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै १४ औँ स्थानमा रहेको वेष्ट ह्यामले २७ अङ्क जोडेको छ भने साउथह्याम्टन २३ अङ्क जोडेर पुछारमा छ । यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेड न्युकासल सँग २–० गोल अन्तरले पराजित भएको छ ।
जितसँगै न्युकासल तेस्रो स्थानमा उक्लिएको छ । उसले ५० अङ्क जोडेको छ । ५० अङ्क नै जोडेको म्यानचेस्टर युनाइटेड भने चौथो स्थानमा धकेलिएको छ ।
प्रकाशित मिति: ०७:२० बजे, सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार