Kathmandu Press

पासोमा परेको चितुवालाई निकालिँदै

भीमदत्तनगर, माघ ८ : तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थि....

पासोमा परेको चितुवालाई निकालिँदै
रासस

भीमदत्तनगर, माघ ८ : तस्करले थापेको पासो (धराप)मा चितुवा परेपछि उद्धारको प्रयास भइरहेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सिद्धनाथ सामुदायिक वनमा तस्करको पासोमा परेका चितुवाको उद्धारका लागि नेपाली सेनाको सिंहसार्दुल गुल्म भगतपुर, सीमा प्रहरीचौकी ब्रह्मदेव तथा डिभिजन वन कार्यालय कञ्चनपुरको टोली उद्धारमा खटिएको छ।

भीमदत्त नगरपालिकाले चुरेको फेदमा छाडा गाईवस्तुका लागि निर्माण गरेको गौशालाको रेखदेखमा खटिएका कर्मचारीले चितुवा पासोमा परेको भेट्टाएपछि सोबारे सीमा प्रहरीचौकी ब्रह्मदेवलाई जानकारी गराएका थिए। लगत्तै सेना, प्रहरी र डिभिजन वन कार्यालय कञ्चनपुरको टोली घटनास्थल पुगेको हो।

वन कार्यालयका प्रमुख अजयविक्रम मानन्धरले प्रारम्भिक अनुसन्धानका क्रममा तस्करले चितुवा मार्न पासो थापेको पाइएको बताए। ‘चितुवा जिउँदै छ, उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्जको टोली मगाएका छौँ,’ उनले भने।

 

प्रकाशित मिति: १४:०२ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्