बुद्ध एयरले राजबिराज र विराटनगर उडान थप्दै
काठमाडौं, माघ ८ : निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आन्तरिक उडानमा दुई नयाँ गन्तव्यमा उडानको तयारी गरेको छ।
काठमाडौं–राजविरा....

काठमाडौं, माघ ८ : निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले आन्तरिक उडानमा दुई नयाँ गन्तव्यमा उडानको तयारी गरेको छ।
काठमाडौं–राजविराज तथा पोखरा–विराटनगरको तयारी गरेको बुद्धले जनाएको छ। बुद्धका बजार व्यवस्थापक रुपेश जोशीका अनुसार आगामी माघ १८ गतेदेखि काठमाडौं–राजविराजका लागि दैनिक एक उडान हुनेछ।
त्यस्तै साताको तीन दिन (सोमबार, बुुधार र शुक्रबार) माघ २० गतेदेखि पोखरा–विराटनगर उडान सुरू हुने जनाएको छ। बुद्धले यसअघि काठमाडौं–सुर्खेतको गन्तव्य विस्तार गरेको थियो।
दुई नयाँ गन्तव्यमा बुद्धको उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा पुग्ने बुद्ध एयरले जनाएको छ। यसबाट पर्यटकको आउजाउसँगै स्थानीय स्तरमा रोजगारीको वृद्धि हुने जनाएको छ।
सन् १९९७ अक्टोबरबाट उडान सुरू गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ। अहिले बुद्ध एयरका सात वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १९ सिटे बिचक्राफ्टलगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका छन्।
आन्तरिक उडानतर्फ पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनगर र भद्रपुर उडान गरिरहेको छ। त्यस्तै पोखरा विमानस्थलवाट भरतपुर र भैरहवा उडान गर्दै आएको छ।











