Kathmandu Press

प्रथम एनटिए खुला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते

नेपाल तेक्वान्दो संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताका बारेमा जानकारी गराएको हो।
प्रथम एनटिए खुला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते

काठमाडाैं, चैत १९ : प्रथम एनटिए खुला तेक्वान्दो पुम्से लिग च्याम्पियनसिप चैत २९ गते आयोजना हुने भएको छ।

नेपाल तेक्वान्दो संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताका बारेमा जानकारी गराएको हो।

प्रतियोगितामा सिनियर, जुनियर, क्याडेट र सुपर क्याडेट गरी ७ वटा उमेर समूहमा ३५ वटा विधामा प्रतिस्पर्धा हुनेछ।

करिब ३०० जना खेलाडीहरुको सहभागिता रहने यस प्रतियोगिताका लागि करीव ९ लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुलाई छनौट गरी राष्ट्रिय टिमको तयारीमा समावेश गराउने तयारी रहेको संघका उपाध्यक्ष एवं प्रतियोगीता आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिए।

प्रतियोगितालाई सम्पन्न गर्न नेपाल तेक्वान्दो संघले संघका उपाध्यक्ष चन्दको अध्यक्षतामा ७ सदस्यीय प्रतियोगिता आयोजक समिति गठन गरेको छ। 

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्