विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ
भक्तपुर, माघ ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन्।
बुधबार प्र....

भक्तपुर, माघ ८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन्।
बुधबार प्रहरीले पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरेको छ। व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थिमिको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए।
प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी उनको भनाइ छ। अनुसन्धान गर्दा नेकपा सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको उनले बताए।
पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ।











