गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार सुनको बल सार्वजनिक
पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार सुनको बल समेत सार्वजनिक गरिएको थियो।
काठमाडाैं, चैत १९ : छैटौँ संस्करणको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद आगामी वैशाख ९ गते हुने भएको छ।
मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गोकर्ण गल्फ कोर्स तथा गोकर्ण फरेस्ट रिसोर्टमा प्रतियोगिता र परिसंवाद हुने जानकारी गराएको हो।
पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा प्रदान गरिने प्रथम पुरस्कार सुनको बल समेत सार्वजनिक गरिएको थियो।
नेपालका व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणी व्यक्तित्वलाई एकै थलोमा ल्याएर खेल प्रवर्द्धन र आर्थिक गतिविधि अभिवृद्धि गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले जानकारी दिए।
गल्फ प्रतियोगिता ‘कर्पोरेट’ व्यक्तित्वबीच हुनेछ भने आर्थिक परिसंवादमा देशभरबाट विशिष्ट व्यक्तित्व, अर्थविद्, बैंकर, उद्यमीलगायत व्यक्ति सहभागी हुनेछन्। प्रतियोगितामा करिब सय गल्फरले भाग लिनेछन्।
प्रतियोगिताको अल–राउन्ड विजेताले एक तोला सुनले बनेको गल्फ बल तथा अरू पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।











