Kathmandu Press

गाउँपालिका कार्यालयमा आगजनी, अध्यक्षको घरमा बम

बैतडी, माघ ८ : बैतडीको डिलाशैनी गाउँपालिका सम्पर्क कार्यालयमा आगजनी गरिएको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्र पालको घरमा बम राखिएको छ।

आज बिहान....

गाउँपालिका कार्यालयमा आगजनी, अध्यक्षको घरमा बम

बैतडी, माघ ८ : बैतडीको डिलाशैनी गाउँपालिका सम्पर्क कार्यालयमा आगजनी गरिएको छ। गाउँपालिका अध्यक्ष सुरेन्द्र पालको घरमा बम राखिएको छ।

आज बिहान ३ बजेतिर डिलासैनी गाउँपालिका–३ पंसेरास्थित सम्पर्क कार्यालयमा आगजनी गरिएको हो। अध्यक्षले चढ्ने म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, अध्यक्ष पालको डिलासैनी–३ पंसेरास्थित घरको गेटमा प्रेसरकुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए।

प्रहरीका अनुसार, बम भेटिएको खबर पाएपछि बैतडी सदरमुकामस्थित हनुमानध्वज गुल्मको टोली निष्क्रिय पार्न पंसेरातिर गएको छ।

आगजनी गर्ने समूहबारे केही जानकारी आएको छैन। कसले आगजनी गरेको होर बम राखेको भन्ने नखुलेको एसपी पाण्डेयले बताए।

 

प्रकाशित मिति: १२:२३ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्