सन्दीप सय विकेट नजिक, आज बनाउँलान् त कीर्तिमान?
काठमाडौं, माघ ८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी–२० क्रिकेटमा एक सय विकेट नजिक पुगेका छन्। आजको खेलमा दुई विकेट लिए उनको नाममा नयाँ की....

काठमाडौं, माघ ८ : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने टी–२० क्रिकेटमा एक सय विकेट नजिक पुगेका छन्। आजको खेलमा दुई विकेट लिए उनको नाममा नयाँ कीर्तिमान रहनेछ।
सन्दीप अहिले अस्ट्रेलियामा बिग बास लिग (बीबीएल) खेलिरहेका छन्। उनले सोमबारको खेलमा दुई विकेट लिँदै बीबीएलमा १४ विकेट पुर्याएका छन्।
उनले ११ खेलमा १४ विकेट लिएका हुन्। बीबीएलको यो सिजनमा उनी सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचिमा चौथो नम्बरमा छन्।
बीबीएलमा लिएका १४ विकेटसँगै उनले टी–२० क्रिकेटमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी दौडमा सबैभन्दा अगाडि रहेका छन्। उनको नाममा ९८ विकेट पुगेको छ। उनले ७२ खेलमा ९८ विकेट पुर्याएका हुन्।
उनले नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा बढी २८ विकेट लिएका छन्। त्यस्तै, बीबीएलको यो सिजनमा १४ विकेट लिएका छन् भने अघिल्लो सिजनमा ११ विकेट लिएका थिए।
त्यस्तै, सन् २०१८ मा पाकिस्तान सुपर लिगमा ११, गत वर्षको आईपीएल र क्यारेवियन प्रिमियर लिगमा आठ/आठ, सन् २०१८ को क्योरिवियन लिगमा सात र
आईपीएलमा पाँच विकेट लिएका थिए। उनले गत सिजनको बंगालदेशि लिगमा चार र अफगानिस्तान प्रिमियर लिगमा दुई विकेट लिएका थिए।
आज बीबीएलमा उनको टीम मेलबर्न स्टार्स १३औं खेलमा एडिलेड स्टाइकर्ससँग प्रतिस्पर्धा गर्दै छ। नेपाली समयअनुसार, दिउसो १ः५५ बजे सुरू हुने खेलमा उनले दुई विकेट लिन सके एक सय विकेटको कीर्तिमान बन्नेछ।











