Kathmandu Press

पाँच घन्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन, माघ ८ : नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, ....

पाँच घन्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक

चितवन, माघ ८ : नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो। राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजे खुलेको हो।

पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए। उनका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो। एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ।

प्रकाशित मिति: ११:३४ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्