Kathmandu Press

स्पेनिस लिगमा बार्सिलोनाको सहज जीत

स्पेनिस लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो ।
स्पेनिस लिगमा बार्सिलोनाको सहज जीत

काठमाडौ, चेत १९ : बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

स्पेनिस लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो ।

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल तथा अन्सु फाती र फेरान टोरेसले एक एक गोल गरे पछि बार्सिलोनाले सानदार जीत निकाल्न सफल भएको हो ।  

जितसँगै बार्सिलोना २७ खेलबाट ७१ अंकसहित शिर्ष स्थानमा छ भने पराजित इल्चे १३ अंक जोडेर रेलिगेसनको पुछारमा छ । 
 

प्रकाशित मिति: ०७:३५ बजे, आइतबार, चैत १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्