Kathmandu Press

लिभरपुरमाथि म्यान्चेस्टर सिटीको सानदार जित

लिभरपुरमाथि म्यान्चेस्टर सिटीको सानदार जित

काठमाडाैं, चैत १८ : इंग्लिस प्रियिमर लिगमा म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ। शनिबार इतिहाद स्टेडियममा भएको खेलमा सिटीले लिभरपुलमाथि ४–१को सानदार जित निकाल्यो।

सिटीको जितमा जुलियन अल्भारेज, केभिन डे ब्रुयन, ज्याक ग्रेलिस र इल्के गुन्डोगानले गोल गरे भने लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरे। खेलमा पहिलो हाफमा २ र दोस्रो हाफमा ३ गोल भएको थियो।

सिटीको मैदानमा १७औं मिनेटमा लिभरपुलले सुरुआती अग्रता लियो । उसका लागि सलाहले डिएगो जोटाको पासमा गोल गर्दै टिमलाई अग्रता दिलाए। १ गोलले पछि परेको १० मिनेट पछि नै सिटीले बराबरी गोल गर्‍यो । २७औं मिनेटमा उसका अल्भारेजले ग्रेलिसको पासमा गोल गरेका थिए।

पहिलो हाफ १–१को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सिटी पूर्णरुपमा हावी भयो। र, उसले तीन गोल गर्दै खेललाई एकपक्षीय बनायो। दोस्रो हाफको पहिलो मिनेटमै रियदा महारेजको पासमा डे ब्रुयनले गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए।

५३औं मिनेटमा कप्तान गुन्डोगानले गोल गरेपछि खेलमा सिटीले ३–१को अग्रता लियो। त्यसपछि ७४औं मिनेटमा ग्रेलिसले डे ब्रुयनको पासमा गोल गर्दै सिटीलाई ४–१को सानदार जित दिलाए।

यो जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी ५ अंकमा झारेको छ। समान २८ खेलमा आर्सनलको ६९ अंक छ भने सिटीको ६४ अंक छ।

प्रकाशित मिति: १९:३१ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्