Kathmandu Press

मनाङलाई हराउँदै थ्री स्टारले जित्यो खप्तड गोल्डकप

मनाङलाई हराउँदै थ्री स्टारले जित्यो खप्तड गोल्डकप

काठमाडाैं, चैत १८ : मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ। शनिबार धनगढी रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्री स्टारले सर्वाधिक पुरस्कार राशिको खप्तड गोल्डकप उपाधि जितेको हो।

लिगमा यो सिजत कमजोर प्रदर्शन गरिरहेको थ्री स्टारलाई उपाधि दिलाउन अनिल महर्जन र कप्तान विक्रम लामाले गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७३औं मिनेटमा थ्री स्टारले अग्रता लियो। उसका लागि अनिलले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा विक्रमले गोल गर्दै थ्री स्टारलाई पहिलो पटक खप्तड गोल्डकप उपाधि दिलाए।

उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । यता, तेस्रो पटक उपाधि जित्ने योजनामा असफल भएको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १८:५४ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्