Kathmandu Press

चैत २० गते हुने स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा

अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिने आयोजकले जनाएको छ।
चैत २० गते हुने स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा

काठमाडाैं, चैत १८ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुन लागेको १७औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ।

संघले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत २० गते हुने स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

अवार्डमा ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिने आयोजकले जनाएको छ।

त्यस्तै उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने संघले जनाएको छ।

त्यस्तै ५० हजार पुरस्कार राशीको एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एकजना पाका खेलकर्मीलाई ३५ हजार पुरस्कार राशीको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिने संघका महासचिव शिवसुन्दर गोथेले जानकारी दिए।

यसअघि बिभिन्न स्थानमा गएर अवार्ड गर्ने गरिएपनि बिविध कारणले यसपटक काठमाडौंमा आयोजना गरिएको उहाले बताए।

त्यस्तै एक खेलपत्रकारलाई २५ हजार राशीको एनएनआईपीए खेल पत्रकारीता पुरस्कार र १५ हजार राशीसहित एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने संंघले जनाएको छ। 
 

प्रकाशित मिति: १५:१० बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्