Kathmandu Press

आज मौसम सफा रहने, यस्तो छ अबको तीन दिनकाे मौसम पूर्वानुमान

काठमाडौं, माघ ८ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ ।

आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाल....

आज मौसम सफा रहने, यस्तो छ अबको तीन दिनकाे मौसम पूर्वानुमान

काठमाडौं, माघ ८ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम सफा रहेको जनाएको छ ।

आज विहान ६ बजे मौसम सम्बन्धी जानकारी दिँदै महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको जनाएको हो । बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन् ।

अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना नरहेपनि तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने जनाईएको छ । 

बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पुर्वी तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पुर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो रहने र ती स्थानमा घाम राम्रोसँग नलाग्ने भएकोले चिसोबाट बच्ने उपाय अपनाउनु आम सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०८:०३ बजे, बुधबार, माघ ८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्