पुनरागमन जितसँगै नेपाल जित्यो थ्री नेसन्स कप उपाधि
नेपाललाई घरेलु मैदानमा उपाधि दिलाउने क्रममा दुई युवा स्ट्राइकरले गोल गरे। नेपालका लागि मनिष डाँगी र आयुष घलानले गोल गरे भने लाओसका लागि फोथोवंग सांगविलयले गोल गरेका थिए।
काठमाडाैं, चैत १७ : घरेलु मैदानमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ। शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लोओसमाथि २–१को पुनरागमन जित निकाल्दै नेपालले उपाधि जितेको हो।
नेपाललाई घरेलु मैदानमा उपाधि दिलाउने क्रममा दुई युवा स्ट्राइकरले गोल गरे। नेपालका लागि मनिष डाँगी र आयुष घलानले गोल गरे भने लाओसका लागि फोथोवंग सांगविलयले गोल गरेका थिए।
घरेलु मैदानमा दर्शकसाथ पाएको नेपालविरुद्ध खेलमा अग्रता लाओसले लियो । ेलको १६औं मिनेटमै अग्रता लिएको थियो। उसका लागि फोथोवंग सांगविलयले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।
तर, लाओसको अग्रता धेरैबेर टिक्न सकेन। नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल फर्काए । उनले एरिक विष्टको सुन्दर गोल गरेका थिए।
खेलको पहिलो हाफ १–१ मै सकियो । तर, दोस्रो हाफमा लाओसमाथि निरन्तर आक्रमण बुनिरहेको नेपाललाई मनिष डाँगीले खेलको अन्त्यतिर दिलाए । उनले अञ्जन विष्टको पासामा ८७औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए।
खेलमा नेपालले त्यस बाहेक पनि गोलका थुप्रे अवसर सिर्जन गरेको थियो। पहिलो गोल गरेका आयुष खेलमा ३ पटक गोलका राम्रो अवसर खेर फालेका थिए।











