Kathmandu Press

मनिषको गोलमा लाओसविरुद्ध नेपाललाई अग्रता

लाओसमाथि निरन्तर आक्रमण बुनिरहेको नेपाललाई मनिष डाँगीले अग्रता दिलाएका हुन्। उनले अञ्जन विष्टको पासामा ८७औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
मनिषको गोलमा लाओसविरुद्ध नेपाललाई अग्रता

काठमाडाैं, चैत १७ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनमा नेपालले लाओसविरुद्ध पहिलो पटक अग्रता लिएको छ ।

लाओसमाथि निरन्तर आक्रमण बुनिरहेको नेपाललाई मनिष डाँगीले अग्रता दिलाएका हुन्। उनले अञ्जन विष्टको पासामा ८७औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

घरेलु दर्शकको साथ पाएको नेपालविरुद्ध अग्रता भने लाओसले बनायो। उसले खेलको १६औं मिनेटमै अग्रता लिएको थियो। उसका लागि फोथोवंग सांगविलयले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

तर, लाओसको अग्रता धेरैबेर टिक्न सकेन। नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल फर्काए । उनले एरिक विष्टको सुन्दर गोल गरेका थिए।

खेलमा नेपालले त्यस बाहेक पनि गोलका थुप्रे अवसर सिर्जन गरेको थियो। पहिलो गोल गरेका आयुष खेलमा ३ पटक गोलका राम्रो अवसर खेर फालेका थिए।

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्