Kathmandu Press

नेपाल र लाओसबीच पहिलो हाफ बरारबीमा

त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन्।
नेपाल र लाओसबीच पहिलो हाफ बरारबीमा

काठमाडाैं, चैत १७ : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनको पहिलो हाफमा नेपाल र लाओसले बराबरी खेलेका छन्। त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफमा दुवै टिमले १–१ को बराबरी खेलेका हुन्।

घरेलु दर्शकको साथ पाएको नेपालविरुद्ध अग्रता भने लाओसले बनायो। उसले खेलको १६औं मिनेटमै अग्रता लिएको थियो। उसका लागि फोथोवंग सांगविलयले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरेका थिए।

तर, लाओसको अग्रता धेरैबेर टिक्न सकेन। नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल फर्काए । उनले एरिक विष्टको सुन्दर गोल गरेका थिए।

बराबरी गोल गरेलगत्तै आयुषले अर्को गोलको सुन्दर अवसर भने खेर फाले । पहिलो दुवै टिमले आक्रामक खेल खेलेका थिए।

प्रकाशित मिति: १८:२८ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्