Kathmandu Press

लाओसविरुद्ध नेपाली टिममा तीन परिवर्तन, दीपक, मनिष र मिण पहिलो रोजाईमै

मुख्य प्रशिक्षक एनेसले लिगको अन्तिम खेलमा भुटानविरुद्धको टिममा तीन परिवर्तन गरेका छन्। उनले अन्तिम समयमा भुटानविरुद्ध डेब्यू गरेका स्ट्राइकर दीपकराज सिंह ठकुरीलाई पहिलो रोजाइमै राखेका छन् ।
लाओसविरुद्ध नेपाली टिममा तीन परिवर्तन, दीपक, मनिष र मिण पहिलो रोजाईमै

काठमाडाैं, चैत १७ : घरेलु मैदानमा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलका लागि मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले नेपाली टिममा तीन परिवर्तन गरेका छन्।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केहीबेर पछि उपाधिका लागि लाओससँग खेल्दै छ।

मुख्य प्रशिक्षक एनेसले लिगको अन्तिम खेलमा भुटानविरुद्धको टिममा तीन परिवर्तन गरेका छन्। उनले अन्तिम समयमा भुटानविरुद्ध डेब्यू गरेका स्ट्राइकर दीपकराज सिंह ठकुरीलाई पहिलो रोजाइमै राखेका छन् ।

यस्तै, यसअघिका दुवैलमा सब्टिच्युटका रुपमा दोस्रो हाफामा मैदान छिरेका स्ट्राइकर मनिष डाँगीले पनि सुरुआतै मौका पाउँदा लाओसविरुद्धकै खेलमार्फत राष्ट्रिय टिममा डेब्यू गरेका मिडफिल्डर मणिकुमार लामा पनि फाइनलमा पहिलो रोजाईमै छन्।

नेपाल अपराजित रहँदै फाइनल पुगेको हो। नेपालले पहिलो खेलमा २–० ले हराएको थियो भने भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

नेपाली टिम : किरण चेम्जोङ, अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द,  नविन लामा, मणि कुमार लामा, एरिक विष्ट, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी ।

प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्