पर्वतको कुश्मामा ‘क्रेन स्विङ’
बालबालिका, महिलाहरूलाई पनि स्विङ उपयुक्त हुने उनको भनाइ छ। स्विङ खेल्न २५० रुपैयाँ शुल्क कायम गरिएको छ।
काठमाडाैं, चैत १७ : साहसिक पर्यटनको लोकप्रिय गन्तव्य द क्लिफले नयाँ साहसिक खेल ‘क्रेन स्विङ’ सञ्चालनमा ल्याउने भएको छ। क्लिफले अबको एक साताभित्र क्रेन स्विङ सुरू गर्ने तयारी गरिरहेको क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए।
उनका अनुसार अहिले स्वीङका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। ‘अबको ५/६ दिनमा यो खेल सञ्चालनमा ल्याउने सोच छ,’ सञ्चालक कार्कीले भने।
उनका अनुसार स्विङ जमिनको सतहबाट करिब २५० मिटर माथि स्विङ सञ्चालन हुनेछ। तर यसको डोरी भने १० मिटरको मात्रै हुने सञ्चालक कार्कीले बताए।
‘क्लिफमा आएका पाहुनाहरूले फोटो खिच्ने तथा नयाँ अनुभव लिनका लागि यो उचित हुन्छ भन्ने हिसाबले सञ्चालनमा ल्याउन लागेका हौं,’ उनले भने। उनका अनुसार एसियामै यस्तो स्विङ पहिलोपटक नेपालमा सञ्चालन हुन लागेको हो।
बालबालिका, महिलाहरूलाई पनि स्विङ उपयुक्त हुने उनको भनाइ छ। स्विङ खेल्न २५० रुपैयाँ शुल्क कायम गरिएको छ।
द क्लिफले पर्वतको कुश्मामा स्काई ग्लाइडिङ, बन्जी, स्काई साइक्लिङ, स्काई क्याफेलगायत साहसिक गतिविधि सञ्चालन गरिरहेको छ।











-(32)-1764944804.jpeg)
