Kathmandu Press

५७ वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी

विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसइई उत्तीर्ण गरेका थिए। यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत छन्।
५७ वर्षीया राधासहित नौ महिला एसइईमा सहभागी
भक्तपुरको आदर्श मावि सानो ठिमी परीक्षा केन्द्रमा गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयका ६० वर्षभन्दा माथिका महिला परीक्षार्थी र अन्य विद्यार्थी। तस्बिर : रत्न श्रेष्ठ/रासस

गलेश्वर, चैत १७ : आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्।

परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताए।

Hardik ivf

बेनी सामुदायिक विद्यालयअन्तर्गत विसं २०७३ मा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मङ्गलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ।

महिलाहरुको पढ्ने धोको पूरा गर्न सञ्चालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दातामा प्राप्त चन्द्राबाट विद्यालय सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताए। 

विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसइई उत्तीर्ण गरेका थिए। यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत छन्।

प्रकाशित मिति: १३:०३ बजे, शुक्रबार, चैत १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्