Kathmandu Press

थ्री नेसन्स कप उपाधिका लागि लाओससँग भिड्दै नेपाल

काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५ः ३० बजेदेखि सुरु हुने छ। नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन्। 
थ्री नेसन्स कप उपाधिका लागि लाओससँग भिड्दै नेपाल

काठमाडौं, चैत १७ : काठमाडौंमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज (शुक्रबार) नेपाल र लाओस भिड्दैछन्। 

काठमाडौंको दशरथ रंगशालामा हुने खेल नेपाली समयानुसार साँझ ५ः ३० बजेदेखि सुरु हुने छ। नेपाली टोलीका कप्तान किरण चेम्जोङले आफूहरु फाइनलका लागि तयार भएको बताएका छन्। 

अहिलेको अवस्थामा टिम बनाउन नै चुनौतीपूर्ण रहेको बताउँदै किरणले नयाँ खेलाडीसँग छोटो समयमा खेलेको खेललाई आधार मान्दा सबैले राम्रो गर्ने बताए। 

नेपालले यसअघि लाओसमाथि २–० गोल अन्तरको जित हासिल गरेको थियो। नेपालले भुटानसँग भने १–१ गोलको बराबरी खेलेको थियो।  नेपालसँग हार बेहोरेको लाओसले भुटानलाई भने २–१ ले पराजित गरेको थियो।

नेपालसँग बराबरी खेलेसँगै भुटान प्रतियोगिताबाट बाहिरिएको थियो। 

प्रकाशित मिति: ०८:३९ बजे, शुक्रबार, चैत १७, २०७९
थप समाचार
एनपीएलमा आज दुई खेल हुँदै
एनपीएलमा आज दुई खेल हुँदै