Kathmandu Press

श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा श्रीमान पक्राउ

सिलगढी, फागुन ४ : श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा डोटीका एक युवक पक्राउ परेका छन् ।

डोटीको शिखर नगरपालिका–६ की एक महिलाले श्रीम....

श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा श्रीमान पक्राउ

सिलगढी, फागुन ४ : श्रीमतीलाई बलात्कार गर्न खोजेको आरोपमा डोटीका एक युवक पक्राउ परेका छन् ।

डोटीको शिखर नगरपालिका–६ की एक महिलाले श्रीमानविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राख्न जोखेको उनले उजुरीमा उल्लेख गरेकी छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, उजुरीमा पटकपटक जबरजस्र्ती गर्न खाजेको आरोप लगाएकी छन् ।

ति महिलाको उजुरीपछि उनका श्रीमानलाई पक्राउ गरिएको छ । जिल्ला अदालतबाट अनुमित लिएर थप अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुको नौ वर्ष अघि बिहे भएको थियो । उनीहरुका दुई सन्तान पनि छन् ।

यस विषयमा सोधपुछका लागि उनीहरुका परिवारजनलाई पनि बोलाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२:३९ बजे, शनिबार, फागुन ४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्