सांसद प्रधानको टोलीद्वारा खुलामञ्चको अवलोकन
काठमाडौं, माघ ७ : सांसद भीमसेन दास प्रधानसहितको टोली खुलमञ्चको अवलोकन गरेको छ।
मंगलबार ‘अक्युपाई टुँडिखेल’ अभियान संचालन गरिरहेक....

काठमाडौं, माघ ७ : सांसद भीमसेन दास प्रधानसहितको टोली खुलमञ्चको अवलोकन गरेको छ।
मंगलबार ‘अक्युपाई टुँडिखेल’ अभियान संचालन गरिरहेका अभियान्तासहितको टोलीले खुलामञ्चको अवलोकन गरेको हो। खुलामञ्च खाली गर्ने विषयमा छलफल भएको जनाएको छ।
अहिले खुलामञ्चमा वीर अस्पतालको भवनका लागि निर्माण सामग्री राखिएको छ। त्यस्तै, कामदार बस्ने टहरा पनि रहेका छन्।
टोलीले वीर अस्पतालका प्रमुखलाई पनि भेटेर खुलामञ्च खाली गराउने विषयमा छलफल गरेको छ।
प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











