Kathmandu Press

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, माघ ७ : अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायीमार्गमा अघि बढिरहेको बताएका छन्।

मंगलबार कृषि विकास ब....

अर्थतन्त्र गौरव गर्न लायक बाटोमा छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, माघ ७ : अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायीमार्गमा अघि बढिरहेको बताएका छन्।

मंगलबार कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको छ।’

मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने  उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘अर्थतन्त्र भनेको जहिले पनि उकालो–ओरालो नै हो, सधैँ सरल र सिधा बाटोमा हिँड्दैन, हाम्रो भूगोल जस्तै अर्थतन्त्रको प्रवृत्ति हुन्छ।’ उनले नेपालको समग्र वित्तीय प्रणाली र बैंङ्किङ प्रणाली दक्षिण एशियामा सबैभन्दा सुदृढ प्रणालीको रुपमा स्थापित रहेको दाबी गरे।

‘विगतमा २२ प्रतिशतसम्म पुगेको मूल्यवृद्धि अहिले ६ प्रतिशतमा सीमित रहँदा पनि मूल्यवृद्धि आकासियो भन्ने तर्क कस्तो हो?’ उनले प्रश्न गर्दै भने, ‘नेपालको २० वर्षको औसत मूल्यवृद्धि १० प्रतिशत भन्दा माथि रह्यो। अर्थतन्त्रका यथार्थ सूचकलाई बुझेर छलफल गरियो भने सकारात्मक बाटोमा हिँड्न सकिन्छ।’

नेपाल राष्ट्र बैंकका डिपुटी गर्भनर चिन्तामणि सिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न बैंकले यसक्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताए। बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी  सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको बताए।

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए।

प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, माघ ७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्