Kathmandu Press

एपिएफले जित्यो मेयर्स कप महिला क्रिकेटकाे उपाधि

बिहीबार कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो।
एपिएफले जित्यो मेयर्स कप महिला क्रिकेटकाे उपाधि

काठमाडौं, चैत १६ : ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि विभागीय टिम एपिएफले अपराजित रहँदै जितेको छ।

बिहीबार कीर्तिपुरस्थित टियू मैदानम भएको खेलमा कोशी प्रदेशलाई ५४ रनको फराकिलो अन्तरले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको १५५ रनकोल लक्ष्य पछ्याएको कोसीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा सर्वाधिक ३५ रन बनाउँदा लकिता राजवंशीले २१ र अप्सरी बेगमले १० रन बनाइन्।

एपीएफका लागि बिनु बुढाले २ तथा सोनु खड्का, रेखा रावल र नेरी थापाले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको एपिएफले कप्तान सीता रानामगर र इन्दू बर्माले शतकीय साझेदारी गरेपछि एपिएफले १ विकेटको क्षतिमा १५४ रन बनायो । यो मेयर्स कपको सार्वधिक ठूलो योगफल हो।

सीता र इन्दूले दोस्रो विकेटका लागि १३६ रनको नटआउट साझेदारी गरेका थिए। कप्तान सीताले ६८ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ७९ रन बनाउँदा इन्दूले ४१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाइन् ।

कोशीका लागि एकमात्र विकेट अलिसा खडियाले लिइन्।

 

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, चैत १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्