Kathmandu Press

मनाङ खप्तड गोल्डकपको फाइनलमा

९ जनामात्रै खेलाडी मैदान उतारेपछि एभिनर मनाङसँग फराकिलो हार बेहोर्न बाध्य भयो। कागजात पुरा नभएपछि एभिनरले ९ खेलाडी मात्र मैदान उतारकेको थियो।
मनाङ खप्तड गोल्डकपको फाइनलमा

धनगढी, चैत १५ : ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।

९ जनामात्रै खेलाडी मैदान उतारेपछि एभिनर मनाङसँग फराकिलो हार बेहोर्न बाध्य भयो। कागजात पुरा नभएपछि एभिनरले ९ खेलाडी मात्र मैदान उतारकेको थियो।

मनाङलाई जित दिलाउन साइजमलले ह्याट्रिक गोल गरे भने जीवन गुरुङ, अनिल गुरुङ र प्रसन्न श्रेष्ठले गोल गरे। मनाङले पहिलो हाफमा १ र दोस्रो हाफमा ५ गोल गरेको थियो।

खेलको १२ औं मिनेटमा जीवनको गोलमा मनाङले अग्रता लियो । ९ खेलाडी मात्रै खेलाएको एभिनरका २ खेलाडीले पहिलो हाफमै रातो कार्ड भएपछि उ झन दबाबमा परेको थियो।

अनावश्यक फाउल गरेपछि रेफ्रिले पहेँलो कार्ड भएपछि रेफ्रीसँग प्रतिवादमा उत्रिँदा रेफ्रिले जोर्डन जुनियरलाई रातो देखाएका थिए । त्यसको केही मिनेटपछि नै गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको ७ खेलाडीमा समेटिएको थियो।

खेलको ५४ औं मिनेटमा प्रसन्नले मनाङको अग्रता दोब्बर बनाए। त्यसपछि यस्तै ५९, ६७ र ७७औं मिनेटमा गोल गर्दै साइजमलले ह्याट्रिक गर्दै टिमलाई ५–०को अवस्थामा ल्याए। ८१ औं मिनेटमा अनिलले गोल गरेपछि मनाङ ६–०को जितसँगै फाइनल पुग्यो।

अब मनाङ सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको उपाधिका लागि चैत १८ गते आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्ने छ। ्

प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रकाशित मिति: २०:१८ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्