Kathmandu Press

एसिसी प्रिमियर कपका लागि नेपाली टिमको प्ररम्भिक घोषणा

एसिसी प्रिमियर कपका लागि नेपाली टिमको प्ररम्भिक घोषणा

काठमाडाैं, चैत १५ : घरेलु मैदानमा आयोजना हुने एसिसी प्रिमियर कपका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रारम्भिक टिमको घोषणा गरेका छन्। एसिया कप क्रिकेटको छनोटका रुपमा रहेको एसिसी प्रिमियर कपका लागि देसाईले बुधबार २१ सदस्यीय टिम घोषणा गरेका हुन्।

मुख्य प्रशिक्षक देसाईले आईसिसी विश्वकप लिग–२अन्तर्गतको पछिल्लो सिरिज खेलेका सबैलाई स्थान दिँदा केही खेलाडीले टिममा पुनरागमन गरेका छन्। जसमा यू–१९ टिमका कप्तान देव खानालले लामो समयपछि राष्ट्रिय टिममा पुनरामगन गरेका छन्।

यस्तै, नेपाल टि–२० लिगमार्फत उदायका युवा स्पिनर सूर्य तामाङ र मिडियम पेसर किशोर महतोले पनि टिममा पुनरागन गरेका छन्। यस्तै, मौसम ढकाल, कमलसिंह ऐरी, अर्जुन ढकालले पनि टिममा स्थान बनाएका छन्।

१० देश सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म कीर्तिपुरस्थित टियू र मुलपानी मैदानमा हुने छ।

प्रतियोगितामा नेपाल मलेसिया, साउदी अरेबिया, कतार र ओमानसँगै समूह एमा छ भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई छन् ।

दुवै समूहका शीर्ष दुई टिमबीच सेमिफाइनल खेल हुनेछ । विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, मौसम ढकाल, आरिफ शेख, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुलशन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो, करण केसी, देव खनाल, सन्दीप लामिछाने।

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, चैत १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्