Kathmandu Press

दीपकले नेपाललाई हारबाट जोगाए, फाइनलमा नेपाल र लाओस भिड्ने

यो बरारबीसँगै नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ। यता, अन्तिम केही समय सम्हालिन नसक्दा भुटान प्रतियोगिताबाट बाहिरएको छ। भुटान बराबरीमा रोकिएपछि लाओस दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको छ।
दीपकले नेपाललाई हारबाट जोगाए, फाइनलमा नेपाल र लाओस भिड्ने

काठमाडाैं, चैत १४ : प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको छ। खेलको अन्त्यतिर दीपकराजसिंह ठकुरीले गोल गरेपछि नेपालले भुटानसँग १–१ गोलको बराबरी खलेको हो।

यो बरारबीसँगै नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ। यता, अन्तिम केही समय सम्हालिन नसक्दा भुटान प्रतियोगिताबाट बाहिरएको छ। भुटान बराबरीमा रोकिएपछि लाओस दोस्रो हुँदै फाइनलमा प्रवेश गरेको छ।

भुटानले नेपालविरुद्ध १३ खेलपछि बरारबी खेल्न सकेको हो। यसअघिका १२ खेलमा नेपाल विजयी भएको थियो।

नेपालले ३ खेलमा ४ अंक जोड्यो भने लाओसले २ र भुटानले १ अंकमात्र जोड्न सक्यो । नेपाल र लाओसबीचको फाइनल चैत्र १७ गते दशरथ रंगशालामा हुने छ।

हारतर्फ अग्रर भइरहेको नेपालका लािग दीपकले ९०औं मिनेटमा गोल गरेका थिए । कर्नर बलमा अन्तत तामाङले हेडिङमाफर्त दिएको पासमा दीपकले हेडिङमै गोल गरेका थिए। नेपालका लागि दोस्रो खेल खेलेका उनको यो पहिलो गोल हो।

त्यसअघि घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए। नेपाली डिफेन्डरले नेर्बुलाई मार्क गर्न नसक्दा गोल खान पुगेको थियो।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्