Kathmandu Press

सभामुखमा अग्नि सापकोटाले दिए उम्मेदवारी

काठमाडौं, माघ ७ : नेकपा सांसद अग्नि सापकोटाले प्रतिनिधिसभा सभामुखका लागि उम्मेदवारी दिएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पु....

सभामुखमा अग्नि सापकोटाले दिए उम्मेदवारी

काठमाडौं, माघ ७ : नेकपा सांसद अग्नि सापकोटाले प्रतिनिधिसभा सभामुखका लागि उम्मेदवारी दिएका छन्।

मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेर उम्मेदवारी दिएका हुन्। उनको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा समर्थकमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण रहेका छन्।

उम्मेदवारी दिएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले संसद्को गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न भगिरथ प्रयत्न गर्ने बताए।

सभामुखका लागि आज बिहान ११ बजेदेखि मध्याह्न २ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ। आजै साढे २ बजेपछि उम्मेदवारको सूचि सार्वजनिक गरिनेछ।

त्यस्तै, सभामुखको निर्वाचन माघ १२ गते तोकिएको छ।

कांग्रेसले संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरिसकेको छ। जसले गर्दा उनी निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ।

 

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्