Kathmandu Press

पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए। डिफेन्डरले नेर्बुलाई मार्क गर्न नसक्दा नेपालले गोल खान पुगेको थियो।
पहिलो हाफमा नेपालविरुद्ध भुटानलाई अग्रता

काठमाडाैं, चैत १४ : प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलको पहिलो हाफमा नेपाल भुटासँग पछि परेको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा भुटानले नेपालविरुद्ध १–०को अग्रता लिएको हो।

घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए। नेपाली डिफेन्डरले नेर्बुलाई मार्क गर्न नसक्दा गोल खान पुगेको थियो।

त्यसबाहेक पनि दुवै टिमले गोलका केही अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन् ।

नेपालविरुद्ध १३औं खेल खेलिरहेको भुटानको छैठौं गोल हो । यता, नेपालले भने भुटानविरुद्ध ३८ गोल गरेको छ।

प्रतियोगिताको फाइनल पुग्ने नेपाललाई भुटानविरुद्ध बराबरी काफी छ भने भुटानले भने खेल जित्नु पर्ने हुन्छ।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्