Kathmandu Press

नेपालविरुद्ध भुटानलाई अग्रता

भुटानका लागि खेलको १९औं मिनेटमा तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए।
नेपालविरुद्ध भुटानलाई अग्रता

काठमाडाैं, चैत १४ : दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको लिगको अन्तिम खेलमा भुटानले नेपालविरुद्ध अग्रता लिएको छ।

घरेलु टोली नेपालविरुद्ध भुटानले खेलको १९औं मिनेटमा अग्रता लिएको हो । भुटानका लागि तेङिज नेर्बुले कर्नरमा फ्रि हेडर गर्दै गोल गरेका थिए।

नेपालविरुद्ध १३औं खेल खेलिरहेको भुटानको छैठौं गोल हो । यता, नेपालले भने भुटानविरुद्ध ३८ गोल गरेको छ।

प्रतियोगिताको फाइनल पुग्ने नेपाललाई भुटानविरुद्ध बराबरी काफी छ भने भुटानले भने खेल २ गोलको अन्तरले जित्नु पर्ने हुन्छ।

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्