Kathmandu Press

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण वर्षको निम्तो

काठमाडौं, माघ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण वर्षको निम्तो दिएका छन्।

मंगलबार भिडियो क....

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण वर्षको निम्तो

काठमाडौं, माघ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण वर्षको निम्तो दिएका छन्।

मंगलबार भिडियो कन्फेरेन्सिङमार्फत विराटनगरको एकीकृत जाँच चौकी (आईपीसी)को उद्घाटनको क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण वर्षको निम्तो दिएका हुन्।

उनले दुई देशबीच थाती रहेका सबै विषय सम्वादबाट हल गर्ने भन्दै हालसम्म हासिल भएका उपलब्धिको समीक्षा गरि अगाडि बढ्ने बताए।

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले भ्रमण वर्षको निम्तोका लागि धन्यबाद दिँदै कार्यतालिका बनाएर नेपाल आउने बताए। उनले नेपाल भ्रमण गर्न इच्छिुक रहेको बताए।

प्रकाशित मिति: १२:३७ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्