यू–१७ महिला साफमा नेपाल र बंगलादेशले खेले बराबरी
मंगलबार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशबीच १–१को बराबरी भयो।
काठमाडाैं, चैत १४ : यू–१७ महिला साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। मंगलबार बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशबीच १–१को बराबरी भयो।
आठौं मिनेट सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। पहिलो हाफ १–०मै सकियो । तर, ७५औं मिनेटमा बंगलादेशकी सागुरिकाले गोल गर्दै खेलालाई बराबरीमा ल्याइन्।
यो बराबरीसँग नेपाल प्रतियोगिताबाट बाहिरियको छ। नेपाल पहिलो खेलमा भारतसँग ४–१ले पराजित भएको थियो भुटानलाई ५–० ले हराएको थियो। यस्तै नेपाल तेस्रो खेलमा रसियासँग ३–०ले पराजित भएको थियो।
४ अंक जाेडेकाे नेपाल चाैथाे स्नेथानमा छ भने बंगलादेशले ७ अंकसहित दाेस्राे स्थानमा छ। रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने भारत तेस्राे ६ स्थानमा छ।
प्रकाशित मिति: १७:०९ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











