कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने, उपसभामुखको पर्खाइ !
काठमाडौं, माघ ७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रित्त सभामुखमा उम्मेदवारी नदिने भएको छ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभाम....
काठमाडौं, माघ ७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रित्त सभामुखमा उम्मेदवारी नदिने भएको छ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख तटस्थ पद भएको र संसदमा स्पष्ट बहुमत भएको नेकपाले उम्मेदवार घोषणा गरिसकेकाले सभामुखमा उम्मेदबारी नदिने निर्णय गरेको हो।
‘संसदमा स्पष्ट बहुमत भएको सत्तारुढ नेकपाले उम्मेदवार घोषणा गरिसकेको र सभामुख तटस्थ पदभएकाले नयाँ सभामुखले उक्त पदलाई तटस्थै राख्नुहोला भनेर कांग्रेसले उम्मेदबारी नदिने घोषणा गरेको हो,’ प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाका निजि सचिव केशवराज जोशीले भने, ‘संसदमा सर्वसम्मत सभामुख हुँदा संसदको गरिमा अझ बढ्छ भन्ने कांग्रेसको ठम्याई हो।’
तर, कतिपयले भने सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेको कांग्रेसलाई नेकपाले उपसभामुखमा ठाउँ दिने हो की भन्ने अडकलवाजी पनि गर्न थालेका छन्। संविधानमा सभामुख र उपसभामुख एउटै दलको बन्न नपाउने प्रावधान भएकाले उपसभामुख नेकपाइतरबाट हुनेछ।
आज दिउसो ११ बजेदेखि २ बजेसम्म सभामुखको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ।











