ललितपुर मेयर क्रिकेट : फाइनलमा काेसी र एपिएफ भिड्ने
मंगलबार भएको खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै कोशीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो।
काठमाडौं, चैत १४ : ललितपुर मेयर महिला च्याम्पियनसिप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा काेसी र एपिएफबीच प्रतिस्पर्धा हुने भएको छ।
मंगलबार भएको खेलमा मधेश प्रदेशलाई ६२ रनले पराजित गर्दै काेसीले फाइनलमा स्थानमा सुरक्षित गरेको हो। काेसीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो। मधेशका लागि सरस्वती कुमारीले सर्वाधिक १० रनको योगदान गरिन्।
काेसीका लागि कप्तान रुविना क्षेत्री, अलिशा खडियाले समान २२ तथा निशा शाहले १ विकेट हात पारिन्। त्यसअघि त्रिवि मैदान टस हारेर पहिला ब्याटिङ गरेको काेसीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५ रन बनायो।
त्यस्तै मंगलबार नै टियु मैदान कीर्तिपुरमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले ललितपुर ११ लाई ३७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।
एपीएफले दिएको १ सय ११ रनको लक्ष्य पछ्याएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर ७३ रन बनायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेट दिएर १ सय १० रन बनायो।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा ५ टोलीको सहभागिता रहेको थियो। प्रतियोगीताको फाइनल चैत्र १६ गते हुनेछ।











