Kathmandu Press

विप्लवका पूर्वकेन्द्रीय सदस्य लोहनी फेरि पक्राउ

चितवन, माघ ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी फेरि पक्राउ परेका छन्।

उनलाई सोमबार....

विप्लवका पूर्वकेन्द्रीय सदस्य लोहनी फेरि पक्राउ

चितवन, माघ ७ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वकेन्द्रीय सदस्य गुणराज लोहनी फेरि पक्राउ परेका छन्।

उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरिएको परिवारजनले बताएका छन्। यस अघि पनि पक्राउ परेका उनलाई दीर्गरोगी भएकाले साधारण तारेखमा छोडिएको थियो।

यस पटक नेपाल  प्रहरीको विशेष ब्यूरोको टोली पक्राउ गरेको जनाएको छ। उनलाई चितवन प्रहरीको जिम्मा लगाएको छ।

चन्दा  उठाउन  थालेको  सूचना  पाएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै निर्देशनमा पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।

उनी बिरामी भएको जनाउँदै नेकपाले पदमुक्त गरेको थियो। पदमुक्त भएपछि घरमै बस्दै आएका थिए।

प्रकाशित मिति: ११:१२ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्