एभरेस्ट पानोरमा रिसोर्टमा अचेत भेटिए आठ पर्यटक
हेटौंडा, माघ ७ : मकवानपुरको थाहा नगरपालिकामा रहेको सिमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ जना पर्यटक अचेत भेटिएका छन्। आज बिहान अचेत भेटिएपछि उ....

हेटौंडा, माघ ७ : मकवानपुरको थाहा नगरपालिकामा रहेको सिमभञ्ज्याङस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ जना पर्यटक अचेत भेटिएका छन्। आज बिहान अचेत भेटिएपछि उपचारका लागि काठमाडौं लैजान लागिएको छ।
सोमबार रिसोर्टमा बसेका आठ जना भारतीय नागरिक मंगलबार बिहान अचेत भेटिएका हुन्। उनीहरू दुई कोठा लिएर बसेका थिए।
उनीहरुमा चार महिला र चार पुरुष रहेका छन्। पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, उनीहरूलाई उपचारका लागि काठमाडौं लग्न हेलिकप्टर बोलाइएको छ।
उनीहरूले बालेको ग्यास हिटरबाट निसासिएर बेहोस भएको हुनसक्ने प्रहरीको अनुमान छ। याे रिसाेर्टमा विशेष गरेर भारतीय नागरिक आउने गरेका छन्।











