मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा
मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले गोल गरे भने बागमतीका लागि सृजन गौतमले गोल गरेका थिए।
काठमाडौं, चैत १३ : मनाङ मस्र्याङ्दी मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार धनगढी रंगशालामा भएको खेलमा बागमती क्लबलाई २–१ ले हराउँदै मनाङले सेमिफाइनलमा पुगेको हो।
मनाङलाई जित दिलाउन तिमोथे कोडु र साइजमोलले गोल गरे भने बागमतीका लागि सृजन गौतमले गोल गरेका थिए।
तिमाथेल ३७औं मिनेटमा गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। ४१औं मिनेटमा सृजनले गोल बागमतीका लागि बराबरी गोल गरे।
६६औं मिनेटमा साइजमोलले गोल गर्दै मनाङलाई २–१ जित दिलाउँदै सेमिफाइनलको यत्रा तय गराए।
मनाङले चैत १५ गते सेमिफाइनलमा विदेशी टोली एभिनिर एफीसँग खेल्ने छ। प्रतियोगिता अन्तरगत मंगलबार आयोजक सुदूरपश्चिम–११ र विभागीय टिम नेपाल पुलिस क्लबबीच खेल हुने छ।
१० टिमसहभागी प्रतियोगिताको विजतोले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन्।
प्रकाशित मिति: २०:२३ बजे, सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











