Kathmandu Press

नवलपरासीमा रोहित पौडेललाई सम्मान

क्रिकेटमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै रोहितलाई गृहजिल्ला नवलपरासीमा सम्मान गरिएको हो ।
नवलपरासीमा रोहित पौडेललाई सम्मान

काठमाडाैं, चैत १३ : नेपाली क्रिकेट टिमलाई एकदिवसीय विश्वकप छनोटमा पु¥याउन महत्वपूर्ण योगदान गर्ने कप्तान रोहित पौडेल सम्मानित भएका छन्।

क्रिकेटमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै रोहितलाई गृहजिल्ला नवलपरासीमा सम्मान गरिएको हो ।

रोहितलाई सांसद् तथा उद्योगी विनोद चौधरीले सम्मान गरेका हुन्। रोहितलाई सम्मान गर्दै चौधरीले क्रिकेटमा प्राप्त उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने गरेको बताए।

साथै उनले खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

सो अवसरमा कप्तान रोहितले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए, थप सफलता हात पार्ने उर्जा मिलेको बताए। उनले भने, ‘अब हाम्रो एउटै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो। त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने अपेक्षा छ।’

सोही अवसरमा रोहितलाई स्थानीय युवा क्लबले पनि सम्मान गरेको थियो।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्