Kathmandu Press

सभामुखको उम्मेद्वारी टुंग्याउन कांग्रेस संसदीय दलको बैठक बस्दै 

काठमाडौं, माघ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै छ ।

बिहान ९ बजेका लागि बोलाईएको बैठकले सभामुख पदमा ....

सभामुखको उम्मेद्वारी टुंग्याउन कांग्रेस संसदीय दलको बैठक बस्दै 

काठमाडौं, माघ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बस्दै छ ।

बिहान ९ बजेका लागि बोलाईएको बैठकले सभामुख पदमा उम्मेद्वारी दिने वा नदिने भन्ने बिषयमा निर्णय गर्नेछ । काँग्रेसले उपसभामुख पदमा सहमति गर्न सकिने भन्दै आएको थियो ।

यद्यपी, आफूले उपसभामुख नपाएको खण्डमा सभामुखमा उम्मेदवारी दिन सक्ने संकेत देखिएको छ । यता सत्तारुढ दल नेकपाले सभामुख पदको लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: ०८:४१ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्