Kathmandu Press

सभामुख पदका लागि आज उम्मेद्वारी दर्ता 

काठमाडौं, माघ ७ : आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बिहान ११ देखि दिउँसो २ ....

सभामुख पदका लागि आज उम्मेद्वारी दर्ता 

काठमाडौं, माघ ७ : आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने संसद् सचिवालयले जनाएको छ । सचिवालयले आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।

सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भने अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन । आउँदो आइतबार दिउँसो ३ बजे सभामुखको लागि मतदान हुनेछ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन हिंसाको आरोपमा असोज १४ गते पक्राउ परेपछि रिक्त रहेको सभामुख पदका लागि चुनाव हुन लागेको हो । 

प्रकाशित मिति: ०८:२९ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्