Kathmandu Press

पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोट चैत २२ र २५ गते काठमाडौंमा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया छनोटको पहिलो चरण अन्तर्गत नेपाल र भियतनामबीचको दुई खेल नेपालमा आयोजना हुने जानकारी गराएको हो।
पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोट चैत २२ र २५ गते काठमाडौंमा

काठमाडौं, चैत १३ : पेरिस ओलम्पिकका लागि महिला फुटबलको एसिया छनोटको पहिलो चरणका खेल चैत २२ र २५ गते काठमाडौंमा हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया छनोटको पहिलो चरण अन्तर्गत नेपाल र भियतनामबीचको दुई खेल नेपालमा आयोजना हुने जानकारी गराएको हो। प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र खेल्ने भएको हो।

समूह ’सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेको थियो। तर, यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएको एन्फाले जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

एसिया छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन्। छनोटका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले सोमबार नैै ३३  सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेका छन्।

प्रकाशित मिति: १६:२२ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्