Kathmandu Press

सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु हुने

प्रोफेसनल गल्फर एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारसम्म संचालन हुने जनाएको छ।
सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु हुने

काठमाडौं, चैत १३ : सूर्य नेपाल गल्फ टुर अन्तर्गतको छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज गल्फ मंगलबारबाट सुरु हुने भएको छ।

प्रोफेसनल गल्फर एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारसम्म संचालन हुने जनाएको छ।

रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने चार दिने प्रतियोगिता ७२ होलको हुनेछ। प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरि कुल ३८ खेलाडीले सहभागिता जनाउने छन्।

प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्य लगायतका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार पाउने छन्। तेस्रोले ४६ हजार, चौंथो ३८, पाँचौंले ३४, छैटौंले ३०, सातौंले २७, आठौंले २४, नवौंले २२, दशौँले २० हजार प्राप्त गर्ने छन्। त्यसबाहेक शीर्ष २१ मा पर्नेले समेत नगद पुरस्कार पाउनेछन्।

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्