Kathmandu Press

लक्जमबर्गमाथि पोर्चुगलको सानदार जित, रोनाल्डोको २ गोल 

समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि उसकै घरेलु मैदानमा ६-० गोलको फराकिलो जित निकालेको हो। पोर्चुगलको जितमा रोनाल्डोले २ गोल गरे। यस्तै, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले १-१ गोल गरे।
लक्जमबर्गमाथि पोर्चुगलको सानदार जित, रोनाल्डोको २ गोल 

काठमाडौं, चैत १३ : कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शन प्रेरित पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित निकालेको छ। 

समूह ‘जे’ को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि उसकै घरेलु मैदानमा ६-० गोलको फराकिलो जित निकालेको हो। पोर्चुगलको जितमा रोनाल्डोले २ गोल गरे। यस्तै, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले १-१ गोल गरे।

पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो। समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै पोर्चुगल शीर्षस्थानमा रहेको छ। पोर्चुगलको २ खलेबाट ६ अंक पुगेको छ। पराजित लक्जेमवर्ग १ अंक जोडेर पाँचौं स्थानमा छ।

प्रकाशित मिति: ०७:५० बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्